१२ हजारभन्दा बढीमा कोभिड सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित झन्डै ८९ हजार
युवा पोस्ट, माघ ११, २०७८, मंगलबार ,
नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार जनाभन्दा बढी व्यक्तिमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घण्टामा कोभिड-१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या आठ छ।पछिल्लो वृद्धिसँगै देशभरि रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ८८,९०० नाघेको छ । गत २४ घण्टामा काठमाण्डूमा ४,८७५ जना, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जना नयाँ सङ्क्रमित थपिएका हुन्। अहिले सङ्क्रमित भइरहेकामध्ये अधिकांश २१ देखि ४० वर्ष उमेर समूहका मानिसहरू रहेका छन्। विगत दुई सातादेखि नेपालमा कोभिड-१९ सङ्क्रमण वृद्धि भइरहेको हो।