आन्तरिक राजस्व विभाग बक्यौता शाखाका अनुसार सरकारले उठाउन बाँकी कर रकम १ खर्ब ७१ अर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्ष २०७७/७८ सम्ममा सरकारले १ खर्ब ७१ अर्ब ३९ करोड ४६ लाख २६ हजार रुपैयाँ बराबर कर बक्यौता असुल्न बाँकी रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ सम्म कर नतिर्ने करदाताको संख्या १९ हजार ९ सय ६१ थियो । उनीहरुबाट असुली हुुनुपर्ने कुल बक्यौता रकम ४२ अर्ब २७ करोड रुपैयाँ बराबर रहेको विभागको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।