सन् २०३२ को ओलम्पिक तथा प्यारालम्पिक खेल अस्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ। अस्ट्रेलियन सहर ब्रिसबेन तथा दक्षिण पूर्वी क्विन्सल्यान्ड क्षेत्रलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले सन २०३२ को ओलम्पिक आयोजक सहरको रूपमा पक्का गरेको हो। यसअघि सन् १९५६ मा मेलबर्न र सन् २००० मा सिड्नी मा आयोजना भएको ओलम्पिक पहिलो पटक ब्रिसबेन मा हुन लागेको हो।