08:16:29 am 03-Jul-2022

२०७९ सालको स्थानीय निर्वाचन दलगत परीणाम एक झलक


२०७९ सालको स्थानीय निर्वाचन दलगत परीणाम एक झलक

युवापोष्ट २ जेठ, काठमाण्डौं । यही २०७९ साल बैसाख ३० मा भएको एकै चरणको स्थानीय निर्वाचनको मत परीणाम आउन थालेको छ । यो भन्दा अगाडिको निर्वाचनमा आएको मत परीणामको नेपालका प्रमुख ३ दलहरु नेपाल कन्युनिष्ट पार्टी(एकिकृत मार्क्सबादी लेलिनबादी ), नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) हरु क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानमा रहेका थिए । यिनीहरुले महानगर, उपमहानगर र नगरपालिकाहरु गरी २९३ नगरपालिकाहरु मध्ये  क्रमशः नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सबादी लेलिनबादी) ले  १२३ नगरपालिका जुन ४१.९८%, नेपाली कांग्रेसले १०५ नगरपालिका जुन ३५.८४% र नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) ले ३४ नगरपालिका जुन ११.६८%  स्थानको प्रमुख अर्थात मेयर पदमा बिजय हासिल गरेका थिए । त्यस्तै उपप्रमुख अर्थात उपमेयर पदमा नेकपा एमालेले सर्वाधिक १३७ वा ४६.७६%, नेपाली कांग्रेसले ८५ वा २९% र नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) ले ४३ वा १४.६८% नगरपालिकामा विजय हासिल गरेको थियो ।

यस्तै ४६० वटा गाँउपालिकाहरुमा प्रमुख ३ दलहरु नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सबादी लेलिनवादी)को १७१ अध्यक्ष वा ३७.१७%, नेपाली कांग्रेसको अध्यक्ष १६१ वा ३५%  र नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) को अध्यक्ष ७२ वा १५.६५% त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सबादी लेलिनवादी) को १९४ वा ४२.१७%, नेपाली कांग्रेसको १३७ वा २९.७८% र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माओवादी केन्द्र) को ६८ वा १४.७८% उपाध्यक्ष रहेको थियो ।

अन्तिम मत परीणाम आउन समय लाग्ने भए पनि अहिले सम्मको मत परीणाम अनुसार जम्मा २९३ स्थानमा निर्वाचन भएको भएता पनि मत गणना भईरहेको  २१९ स्थानको प्रमुखको गणना भईरहेको छ । निर्वाचन आयोगले भर्खर उपलब्ध गराएको मत गणनाको परीणाम अनुसार नगरपालिकाको प्रमुख(मेयर) पदमा नेपाली कांग्रेसले ७, नेपाल कम्युनिष्ट पार्टी(एकिकृत मार्क्सबादी लेलिनवादी)ले ३ र नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) ले १ स्थानमा विजय हासिल गरेका छन् भने उपप्रमुख(उपमेयर) पदमा नेपाली कांग्रेसले ४, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सबादी लेलिनवादी) ले ५ र नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) ले २ स्थानमा विजय हासिल गर्न सकेका छन् ।

यस्तै गरी ४६० गाँउपालिकाहरु मध्ये ३७२ गाँउपालिकाहरुको उपलब्ध परीणाम अनुसार गाँउपालिकाहरुको अध्यक्ष पदमा नेपाली कांग्रेसले ४५ , नेपाल कम्युनिष्ट पार्टी(एकिकृत मार्क्सबादी लेलिनवादी)ले ३८ र नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) ले २३ स्थानमा बिजय हासिल गरेका  छन् भने गाँउपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसले ५१ , नेपाल कम्युनिष्ट पार्टी(एकिकृत मार्क्सबादी लेलिनवादी)ले ३२ र नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) ले १७ स्थानमा बिजय हासिल गरेका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]