11:53:46 am 25-Sep-2022

२७ औं क्यान ईन्फोटेक मेला शुरु


युवापोष्ट ७ बैसाख काठमाडौं ।  आज बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा क्यान इन्फोटेक सुरु भएको छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यका साथ वार्षिक रूपमा क्यान इन्फोटेक आयोजना हुँदै आएको छ ।

यस क्यान ईन्फोटेकको २७औं संस्करणमा आईसिटि एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट- अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, सूचना प्रविधि, वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टरलगायत विभिन्न खण्डहरू राखिएको छ । ईन्ट्रि टिकट रु १ मा उपलब्ध रहेको छ । यसलाई आईमई पेबाट समेत तिर्न सकिन्छ ।

आजको उद्घाटन समारोहमा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य संघ(FNCCI) का अध्यक्ष शेखर गोल्छाले ‘नेपालमा स्टार्टअफको रुपमा आएका कम्पनी ठूला ठूला बनिसकेका छन भने मानिसको दैनिक जीवनलाई सहज बनाउन थालिसकेका छन’ गोल्छाले भने ‘नेपालमा स्टार्टअप कन्सेप्ट आउन थालेको दशक पुग्न लागि सक्दा पनि स्टार्ट अप नीति नहुनु दुखद कुरा हो’ ।

गोल्छाले व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) को रकम दुर्गम ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विस्तारको क्षेत्रमा लगाउन प्रस्ताव गरेका छन् । औद्योगिक व्यवसाय ऐन अनुसार मझौला तथा ठूला उद्योग व्यवसायले हरेक वर्ष आफ्नो वार्षिक नाफाको एक प्रतिशत रकम सीएसआरको रुपमा सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने व्यवस्था छ । त्यस्तो रकम दुर्गम ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विस्तार र प्रयोगमा खर्च गर्न सकिने गोल्छाको भनाई थियो ।

एफएनसीसीआईले ईकमर्श कानुनका लागि सरकारलाई सुझाव समेत दिइसकेको तर सरकारले तदारुकता नदेखाएको उनको भनाई छ ।

नेपालमा डिजिटल कारोबार अहिले सरल बन्दै गएको भएता पनि यस्तो भुक्तानी प्रकृया अझै झन्झटिलो रहेको बताए । सरकारी सेवाका सबै प्रकारको भुक्तानी अनलाइनबाटै हुनुपर्ने बताउँदै उनले सरकारले डिजिटल भुक्तानीमा अझै सहजीकरण गर्नुपर्ने जिकिर गरे । गोल्छाले भने ‘सूचना प्रविधिले हाम्रो समयसँगै औद्योगिक लागत पनि घटाउन थालिसकेको अवस्था छ तर, नेपालको स्वादेशी उद्योगहरुले सोचे अनुसारको सूचना प्रविधिको लाभ लिन सकिरहेका छैनन्’। नेपालले अझै सूचना प्रविधिको बिकासबाट प्रयाप्त लाभ लिन सकेको छैन । यसको बिकाश  प्रति धिमा गतीले अगाडि बढिरहेको समेत बताए ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले सररकारले सूचना प्रविधिमा आधारित कुनै पनि बस्तु आयातमा रोक लगाउन नहुने बताए । नेपालमा अत्यावश्यक रहेको मोबाइल तथा ल्यापटप आयातमा रोक लगाइएको भन्दै यस्ता बस्तु नेपाल भित्र्याउन दिनु पर्ने उनको माग छ । यस्ता बस्तुलाई बिलासिताका बस्तुमा नलिन सरकारलाई आग्रह समेत गर्नुभयो ।

त्यस्तै चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारी अनलाइन सेवालाई अझै व्यवस्थित गर्नुपर्ने बताए । ‘सूचना प्रविधिको बिकासले फड्को मारिरहेको अवस्थामा नेपालमा भने घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ, त्यसैले सरकारले सूचना प्रविधिको बिस्तारलाई ध्यान दिनुपर्छ’ ।

अन्य कार्यालयको तुलना यातायात कार्यालयमा पनि प्रविधिको यथोचित प्रयोग  नसकेर सेवाग्राहीले दुख पाइरहेको उनको भनाई थियो । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बिश्व पौडेलले सरकारले सूचना प्रविधि क्षेत्रलाई बुझ्न नसकेको बताए ।
‘नेपालमा सफट्वेयर हार्डवेयर जस्ता आईटी कम्पनीहरु आक्रामक रुपमा आइरहेका छन तर, सरकार उनीहरुको समस्या बारे बझ्न चहादैन’ । उनले भने “अनुसार योजना आयोगले आईटी कम्पनी तथा सूचना प्रविधि क्षेत्रका समस्या सरकार समक्ष पुर्‍याउन लागिपरेको छ ।“

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]