सुशील लामा ललितपुरको फ्रेन्ड्स क्लबमा अनुबन्धित भएका छन् । ‘ए’ डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ–मर्स्याङ्दी क्लबका विंगर सुशील लामा करिव २ वर्षको मनाङ बसाईपछि आसन्न ‘ए’ डिभिजन लिगका लागि ललितपुरको फ्रेन्ड्स क्लबमा अनुबन्धित भएका हुन् । सुशील र क्लबबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता लिग अवधिभरको लागि रहने बताइएको छ । सम्झौता रकम गोप्य राखिएपनि उनलाई आकर्षक मुल्यमा अनुबन्ध गरिएको क्लबले जनाएको छ ।