३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीनको अग्रता कायम
जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अहिलेसम्म चीन पहिलो,अमेरिका दोश्रो र जापान तेश्रो स्थानमा रहेको छ । चीनले ले २९ स्वर्ण, १७ रजत र १६ काश्य जित्दै पहिलो स्थान, अमेरिकाले २२ स्वर्ण, २५ रजत र १७ काश्य जित्दै दोश्रो स्थान र जापानले १७ स्वर्ण ६ रजत र १० काश्य जित्दै तेश्रो स्थान ओगट्न सफल भएको हो । त्यस्तै अष्ट्रेलियाले १४ स्वर्ण, चार रजत र १५ काश्यका साथ ३३ ओटा पदक जितेको छ । रसियन ओलम्पिकले १२ स्वर्ण, २१ रजत र १७ काश्यकका साथ ५०ओटा पदक हात पारेको छ ।बेलायतले ११ स्वर्ण, १२ रजत र १२ काश्यसहित कुल ३५ ओटा पदक जितेको छ । यस्तै फ्रान्स, जर्मनी र दक्षिण कोरियाले ६–६ ओटा स्वर्ण जितेका छन् । ओलम्पिक आगामी अगस्ट ८ सम्म सञ्चालन हुनेछ ।