३९ दिनपछि रोकियो टेलिकममा कर्मचारी ट्रेड युनियनको आन्दोलन
आन्दोलनरत नेपाल टेलिकमका आन्दोलनरत कर्मचारीले आन्दोलन रोकेका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) व्यवस्थापन पक्ष र कर्मचारी ट्रेड युनियनहरूबीच सहमति भएको छ । टेलिकम व्यवस्थापनसँग २९ बुँदे सहमति भएपछि कर्मचारीले आन्दोलन स्थगित गरेका हुन् । टेलिकमका तीनैवटा कर्मचारी ट्रेड युनियनहरु ‘कर्मचारी विनियमावली’ को विरोध गर्दै आन्दोलनमा उत्रिएका थिए । ३९ दिन आन्दोलन गरेपछि कर्मचारी र टेलिकमको व्यवस्थापनबीच सहमति बनेको हो । यस्ता छन् सहमतिका विषय: