युवा पोस्ट, मंसिर १६,२०७८, डीटीएच सेवा प्रदायक डिशहोमले फुटबलप्रेमीका लागि नयाँ योजना ल्याएको छ । विश्वकै चर्चित लिग स्पेनिस ला लिगा फुटबल यसअन्तर्गत अब ५० रुपैयाँमा एक हप्तासम्म प्रसारण हुने खेल प्रत्यक्ष हेर्न पाइने भएको छ । हरेक हप्ता आउने ला लिगाको खेल हप्ताको ५० रुपैयाँ मात्र शुल्क तिरेर हेर्न सकिने डिशहोम एक्सन स्पोर्ट्सले जनाएको छ ।यसअघि कम्पनीले दुई हजार रुपैयाँमा सिजन टिकेट काटेर ला लिगाका पुरै गेम हेर्न सकिने सुविधा ल्याएको थियो ।