६ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक
युवा पोस्ट, कार्तिक २२, २०७८,
नेपाल राष्ट्र बैंकले रू. ६ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिनको लागि रू.१० करोडको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो बिल माघ २५ गते परिपक्व हुनेछ । त्यस्तै १८२ दिनको लागि रू.६ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो बिल २०७९ वैशाख २७ गते परिपक्व हुनेछ । यही कार्तिक २३ गते जारी हुने यस बिलका लागि कार्तिक २२ ,सोमवार दिउँसो ३ बजे बोलकबोल हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।