06:34:33 am 25-May-2022

७१ अंकले बढ्यो नेप्से, बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण


७१ अंकले बढ्यो नेप्से, बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण

युवा पोस्ट,पौष ११,२०७८,

हप्ताको पहिलो दिन आइतबार आज शेयर बजार उच्च अङ्कले बढेको छ । नेप्से सूचक ७१.२० अंकले बढेर २५९१.४२ विन्दुमा आइपुगेको छ । आज बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो । नेशनल लाइफ इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स कम्पनी लगायतको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।  आज १८ वटा बीमा कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ । अर्थ मन्त्रालयको निक्षेप बढाउने योजना र केन्द्रीय बैंकको आयातमा कडाई गर्ने नीतिपछि सेयर बजारमा सकारात्मक माहोल सुरु भएको हो । आज जलविद्युत् र फाइनान्सबाहेक सबै समूहको शेयर बढेको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]