युवा पोस्ट,पौष १५, २०७८, बिहिवार ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको निर्देशनमा तयार भएको बहुप्रतिक्षित चलचित्र ‘आरआरआर’ ७ जनवरी २०२२ अर्थात आउदो शुक्रबार रिलिज हुँदैछ । यो चलचित्रमा रामचरण, जुनियर एनटीआर, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
फिल्म ‘आरआरआर’ एक पिरियड ड्रामा हो । यो फिल्म कोमाराम भीम र अल्लुरी सीतारामाराजूको दुःख सुखको काल्पनिक कहानीमा आधारित रहेको बताइएको छ । रामचरण, जुनियर एनटीआर, अजय देवगण, आलिया भट्ट अभिनित यो चलचित्रले बक्स अफिसमा तहल्का मच्चाउने विश्लेषण गरिएको छ । त्यस्तै करिब ४ सय करोड भारु बजेटमा बनेको यो चलचित्रले बाहुबलीले भन्दा बढि कमाइ गर्ने एसएस राजमौलीको विश्वास रहेको बताइएका छन् ।