८४ सय जनामा कोरोना भाइरस, सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघ्यो
युवा पोस्ट, माघ १२, २०७८, बुधबार , आज नेपालमा विगत २४ घण्टामा ८,४५४ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार जनाएको छ। अहिलेको वृद्धिसँगै देशभरि रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको छ। अहिले देशभरि सङ्क्रमितको सङ्ख्या ९०,०६७ रहेको तथ्याङ्कले देखाउँछ। तीमध्ये अधिकांश काठमाण्डौं उपत्यकाका छन्।बुधवार अपराह्न प्रकाशित विवरणअनुसार विगत २४ घण्टामा १३,५४९ वटा परीक्षण पीसीआर विधिबाट र ६,८१० वटा एन्टिजन विधिबाट कुल २०,३५९ परीक्षण गरिएको थियो। पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ४१ प्रतिशतभन्दा बढीमा र एन्टिजन परीक्षणमा ४२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।