“८.५०% नेपाल बैंक ऋणपत्र–२०८७” नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत
नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिमनेपाल बैंकले जारी गरेकोरु.३,५०,००,००,०००/– रकम बराबरको रु.१,०००/– अंकित दरको ३५,००,०००/– कित्ता“८.५०% नेपाल बैंक ऋणपत्र–२०८७” नेपाल स्टक एक्सचेञ्च लिमिटेडमा सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्च लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री चन्द्र सिं साउद र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णबहादुर अधिकारीका बिच धितोपत्र सूचीकरण सम्बन्धी सम्झौतापत्रमा आज एक कार्यक्रमका बिच हस्ताक्षर सम्पन्न भएको छ । सूचीकरण भएको ऋणपत्र धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार शुरु हुने जानकारी प्राप्त भएको छ ।