पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा विश्वको सबैभन्दा प्रतिष्ठित हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न अमेरिकातर्फ प्रस्थान गरेकी छिन् ।उनले आर्किटेक्चरमा स्नातक गरेकी हुन् । श्रृङ्खला खतिवडा अध्ययनका लागि सोमबार बेलुकी अमेरिका प्रस्थान गरेकी हुन् । उनलाई त्रिभुवन विमानस्थलमा उनका प्रेमी सिसन बानिया र परिवारका केही सदस्यले बिदाई गरेका थिए ।