म्यूजिक कम्पोजर साथै इन्डियन आइडल सिजन-१२ का जज अनु मलिकमाथि इजरायलको राष्ट्रगानको धुन चोरेको आरोप लागेको छ । ९० को दशकको हिन्दी चलचित्र ‘दिलजले’ को एक गीतको संगीत उनले इजरायलको राष्ट्रिय गीतबाट लिएको पाइएको छ । आइतवार टोकियो ओलम्पिक्समा इजरायललका खेलाडी डॉल्गोपायटले इतिहास रच्दै स्वर्ण पदक जितेका थिए। उनको जितसँगै इजरायललको राष्ट्रिय गीत ‘हातिकवाह’ बजाइएको थियो। इजरायलको राष्ट्रिय गीत सुनेसँगै भारतीयहरुले संगीतकार अनु मलिकलाई सम्झिन पुगे। इजरायलको राष्ट्रगान बज्दा फिल्म दिलजलेको ट्युन बजेपछि प्रसङ्ग सुरु भएको थियो । उक्त गीतको धुन फिल्म ‘दिलजले’ को गीत ‘मेरा मुल्क मेरा देश’ सँग मिल्दो पाइएको हो । सामाजिक प्रयोगकर्ताले ‘दिलजले’ उक्त गीतको संगीत इजरायलको राष्ट्रिय गान चोरी भएको आरोप मलिकलाई लगाएका छन् ।