अभिनेता रजत बेदीविरुद्ध ‘हिट एण्ड रन’ मुद्धा दर्ता
कोई मिल गया’, ‘पार्टनर’ र ‘अक्सर’ सहित कैयौं फिल्ममा सफल अभिनेताको छवि बनाउन सफल बलिउड अभिनेता रजत बेदीविरुद्ध ‘हिट एण्ड रन’ मुद्धा दर्ता भएको छ । आज मंगलबार बिहान करिब साढे ६ बजे शीतला देवी मन्दिर अगाडी उनको कारले एक व्यक्तिलाई ठक्कर दिएको आरोपसहित उजुरी परेको हो ।उनको कारबाट घाइते हुने व्यक्तिको नाम राजेश बुध हो, उनी ४० वर्षका छन् । ठक्कर दिएपछि रजतले घाइते व्यक्तिलाई उपचारका लागि कुपर अस्पताल पुर्याएका तर अभिनेताले पीडितको परिवारलाई घाइतेको उपचार गर्ने आश्वासन दिए पनि अस्पतालमा भर्ना गरेपछि उनी फर्किएर आएनन् ।