अभिनेत्री जेनी कुवंरले आत्महत्या गरेकी छिन् । ‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी अभिनेत्री जेनी कुवंरले , वानेश्वर थापागाउँ स्थित आफु बस्दै आएको सनराइज सिटी अपार्टमेन्टको तेस्रो तलाको भान्छाकोठामा नाइलनको डोरीमा झुण्डिएर आत्महत्या गरेकी हुन् । उनले, अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा निकै हिट भएको थियो ।महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतले घटनास्थलबाट मृतक कुवंरको ‘सुसाइड नोट’ प्राप्त भएको र नोटमा उनले आफु डिप्रेशनको शिकार भएको लेखेकी छिन् ।कुँवरले मैदान, जीननदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेयलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी थिइन् ।