अमेरिकामा भिषण आगलागी, नियन्त्रणमा ल्याउन अमेरिकी सरकारलाई हम्मे
अमेरिकाको १३ राज्यका ८० स्थानमा भीषण आगलागी भएको छ । जसका कारण घरसहित १६० भौतिक संरचना नष्ट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । यो डढेलो अमेरिकाको इतिहासकै भयानक भएको बताइएको छ । डढेलोका कारण त्यहाँका हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको तथा हावाहुरी चलेकोले डढेलो नियन्त्रणमा ल्याउन समस्या भएको बताइएको छ ।