आधुनिक हतियारसहित सुनचाँदी पसल लुटपाट गर्न खोज्ने समूहपक्राउ
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा शिव पञ्चायन ज्वेलर्समा लुटपाट गर्न खोज्ने समूह आधुनिक हतियारसहित पक्राउ परेको छ । समूहका पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो । समूहका सदस्य घटनामा प्रयोग गरिएको अत्याधुनिक एवं स्वचालित हतियार एसएमजी(मेसिनगन), एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोल तथा ७० राउन्डजति विभिन्न हतियारका गोलीसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।