इराकमा आइएस समूहद्वारा आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु
इराकको उत्तरी किर्कुक प्रान्तमा इस्लामिक स्टेट आइएसले शनिबार राति प्रहरी चौकीमा आक्रमण गर्दा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको र ६ सुरक्षकर्मी घाइते भैको इराकको प्रान्तीय प्रहरीले जनाएको छ ।