एसियाली फुटबल महासंघ (एएफसी) र खेल समाग्री उत्पादनमा ६ दशक भन्दा लामो अनुभव बटुलेको अन्तर्राष्ट्रिय निर्माण कम्पनी केल्मीबीच सन् २०२१ देखि सन् २०२४ सम्म को लागी सहकार्य भएको छ । केल्मी एएफसीले आयोजना गर्ने राष्ट्रिय टोलीको सहभागिता रहने प्रतियोगिता ग्लोबल सपोर्टरका रुपमा आबद्ध भएको एएफसीले जनाएको छ । केल्मीले २०२२ देखि ०२४ सम्म एएफसीले आयोजना गर्ने राष्ट्रिय टोलीबीको प्रतिस्पर्धामा खेल समाग्री उपलब्ध गराउने छ । त्यस्तै २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कपमा केल्मीको बल प्रयोग गरिनेछ ।