एनसेलले आफ्ना प्रयोगकर्ताको सहजताका लागि मोबाइल एपमा विभिन्न सेवा तथा सुविधा उपलब्ध गराएको छ । अब एनसेल प्रयोगकर्ताले एनसेल एप चलाउँदा विभिन्न अतिरिक्त सुविधा पाउने छन् । एनसेल एप आफ्नो मोबाइलमा डाउनलोड गरेर आफ्नो एनसेल नम्बरबाट लगइन गर्न सकिन्छ । एनसेलको एप निःशुल्क प्रयोग गर्न सकिनेछ । एनसेल एप पहिलो पटक प्रयोग गर्दा १ जीबी डाटा र दैनिक १० वटा एसएमएस निःशुल्क पाउन सकिन्छ । एप प्रयोग गर्दा कुनै पनि डाटा लाग्दैन् । त्यस्तै एपबाट निशुल्क कल विवरण हेर्न, डाटा चेक गर्न, ब्यालेन्स ट्रान्फर गर्न, ब्यालेन्स चेक गर्न, साथीको अकाउन्टमा रिचार्ज गर्न, साथै एपबाट प्याक खरिद गर्दा डबल अफर पाइने लगायतका सेवाहरु पाउन सकिन्छ ।