अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले आफ्नो पदबाट राजीनामा दिएका छन् । आज सोमबार दिउँसो एन्फाको मुख्यालयमा प्रवक्ता राईले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका हुन् ।नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीचको विवादको कारण राईले राजीनामा दिएको बुझिएको छ । राइले एन्फामा ३ वर्ष ३ महिनासम्म प्रवक्ताको रूपमा काम गरेका थिए । एन्फामा पछिल्लो समय राजीनामा दिने क्रम चलिरहेको छ। यसअघि हिजो सहायक महासचिव वसन्तराज अर्यालले पनि राजीनामा दिएका थिए। प्रवक्ता राईले वरिष्ठ उपाध्यक्षको रोहवरमा एन्फाको प्रबक्ताबाट राजीनामा बुझाएको जानकारी फेसबुकमार्फत दिएका छन् ।