एनसेलका कर्मचारी द्वारा प्रशासन विरुद्वको आन्दोलन जारी
झण्डै १ करोड १० लाख ग्राहक कमाउन सफल नेपालको प्रतिष्ठित पहिलो निजी मोबाइल दूरसञ्चार कम्पनी मध्येको एक एनसेल कम्पनिका कर्मचारीहरु एनसेलको प्रमुख कार्यालय लैनचौरमा आन्दोलनमा उत्रिएका छन् । एनसेलले हात्तीको दुई दाँत भए जस्तो एउटा देखाउने र अर्को चपाउने जस्तो व्यवहार आफ्ना कर्मचारीहरुलाई गर्ने गरेको, कर्मचारीहरुलाई वेवास्ता गरेको भन्दै एनसेल का कर्मचारीहरु आइतबार देखि आन्दोलनमा उत्रिएका हुन् ।एनसेलले आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै भने तापनि एन सेल ले आफ्ना कर्मचारी हरु सँग भने उनिहरुको मर्म विपरित कार्य गर्ने गरेको, वृत्ति विकासको नाममा अनावश्यक सरुवा गर्ने गरेको,कर्मचारीहरुलाई न्यायोचित व्यवहार नगरेको आदि विविध एजेण्डालाई लिएर प्रशासन विरुद्व आन्दोलनमा उत्रिएका छन् । यदि कर्मचारीहरुको माग समयमै पुरा नभए आन्दोलन अझ तिव्र राख्दै काममा समेत नफर्किने जानकारी एनसेल ट्रेड युनियनका एक सदस्यले युवा पोष्टलाई जानकारी गराएका छन् ।