आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज दोस्रो खेल आयोजक ओमानविरुद्ध खेल्दै छ । ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । अमेरिकाविरुद्ध खेलेको टिमले नै ओमानविरुद्ध खेल्नेछ । लगातार दोस्रो जितको लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिन लागेको हो ।यसअघि हिजो भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।