नेपालले आज आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गतको अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल आज आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ४ः१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । सिरिज अन्तर्गत सोमबार भएको खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ भन्ने आशा गरिएको छ ।