कर नतिर्ने ५२ करदाताको नाम सार्वजनिक, एक महिनाभित्र कर नतिरे सेवा बन्द गरिने
काठमाडौं महानगरपालिकाले घरजग्गा तथा सम्पत्ति कर बुझाउन आनकानी गर्ने ५२ करदातालाई काठमाडौँ महानगरपालिकाले एक महिने सूचना दिँदै नाम सार्वजनिक गरी ताकेता गरेको छ । महानगरको राजस्व विभागले आज नाम सार्वजनिक गर्दै लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको र नाम सार्वजनिक गरिएका करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने साथै त्यति गर्दा पनि नमानेको अवस्थामा भने सम्पत्ति रोक्का गरी कानुनी प्रक्रियामा गएर असुल गरिने पनि महानगरले चेतावनी दिएको छ । महानगर क्षेत्रभित्रका ५२ कददाताहरुलाई पटक पटक कर बुझाउनका लागि आग्रह गरिए पनि आनाकानी गरेकोले एक महिनाभित्र कर तिर्न निर्देशन दिएको विभागका प्रमुख डा. शिवराज अधिकारीले बताउनु भएको छ । अधिकारीका अनुसार यस अघि असार १६ गते नाम सार्वजनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएका छन् । केहीले पहिलो किस्ता वापत कर बुझाएका छन् । केहीले विवरण बुझाएका छन् ।सम्पर्कमा आउनेहरुले समय माग गरेर कर तिर्न मञ्जुर गरेकाले मौका दिइएको छ । तीमध्ये केही सम्पर्कमा आएका छैनन् । अहिले विभाग ती करदाताको सेवा बन्द गर्ने तयारी गरिरहेको छ । यदि अझै कर बुझाउन आनाकानी गरेमा राजश्व ऐनको दफा १२ बमोजिम कारबाही गरिने समेत जनाएको छ ।‘महानगरपालिकाको राजश्व ऐनको दफा १२ बमोजिम कर दाताहरुको सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कार्य गरी कर तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानुनी प्रक्रिया अगाडि बढाइने भनिएको छ ।पटक–पटकको अनुरोध र सूचनालाई अटेर गर्नेहरुको घर, पसल र व्यवसायमा शिलबन्दी गरेर सरकारी बाँकी सरह राजस्व असुली गर्ने चेतावनी दिएको छ ।
कर नतिर्ने ५२ करदाताहरूको नामावली यस प्रकार रहेको छः