मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । घिमिरेको शवलाई आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा बुबा प्रेमप्रसाद घिमिरेले दागबत्ती दिएका थिए । ३ महिना अगाडि नर्भिक अस्पतालले निशालाई घरबाटै उद्धार गरेको थियो । सबै वैकल्पिक विधिबाट उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार नआएको अस्पतालले जनाएको थियो । चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, प्रवक्ता मोहन निरौला, कलाकार संघका उपाध्यक्ष,नृत्य निर्देशक शिव विक, नृत्यकार संघका अध्यक्ष जनक कार्की, कलाकार संघका पदाधिकारी श्रद्धाञ्जली दिन आर्यघाट गएका थिए ।