काठमाडौं उपत्यकामा आज मात्र ५४१ जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज मात्रै ५४१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३४३, भक्तपुरमा ६२ र ललितपुरमा १३६ जना रहेका छन् । पछिल्लो २४ घन्टामा देशभर थप दुई हजार ९३६ जनामा संक्रमण पुष्टि भएको छ भने ४३ जनाले ज्यान गुमाएका छन् ।