कामना सेवाविकास बैंक र सिडिएससिबीच निक्षेप सदस्यता सम्बन्धी सम्झौतामा हस्ताक्षर
कामना सेवा विकास बैंक र सिडिएससिबीच निक्षेप सदस्यता सम्बन्धी सम्झैता सम्पन्न भएको छ । अब कामना सेवाविकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले र्सवसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । पुतलीसडक स्थित सिडिएससिको कार्यालयमा आज भएको एक कार्यक्रमका बिच सिडिएससिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पूर्ण प्रसाद आर्चाय तथा बैैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । हाल सिडिएससिबाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेकाछन । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र सञ्चालनमा ल्याउने योजना बनाएको छ । काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा,एक विस्तारीतशाखालगायत७० वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवातथा सुविधाहरु प्रदानगर्दै आएको छ । यस बैंकले क्यअष्बSocial Media Banking, KS iMobile, जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सरल, सहज र उत्कृष्ट बैकिङ सेवाप्रदान गर्दै आएको छ ।