कुनै पनि सहकारीमा अब ‘खल्ती’बाट निःशुल्क पैसा पठाउन सकिने
अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट ले सम्पूर्ण ग्राहकहरुको लागि खल्तीमा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात् को-अपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको छ । यस सेवाअन्तर्गत प्रयोगकर्ताहरुले खल्ती बाट आफ्नो सहकारी खातामा प्रत्येक पटक रु. २५,००० र दिनको रु. १,००,००० सम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्नेछन्।त्यसै गरी, प्रत्येक महिनाको अधिकतम १० पटक वा रु. २,५०,००० सम्मको रकम बिना कुनै सेवा शुल्क खल्ती बाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिन्छ। खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्तीपसल, र एजेन्टहरुको हकमा यो अफर लागु हुनेछ। नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरि खल्ती केवाईसी भेरिफाई गरि उक्त आकर्षक अफर मा सहभागी हुन सक्ने छन्।