गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन ४ छिटै सुरु हुने
गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन ४ फेरी सुरु हुने भएको छ । सन् २०२१ भित्रै यसको चौथो सिजन शुरु गरिसक्ने ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले जानकारी दिएका छन् । उनका अनुसार कोरोना महामारी रहेकाले चौथो सिजन सुरु गर्न ढिलाई भएको तथा चौथो सिजनमा यसअघिका ३ श्रृङ्खलाका तिनै जना निर्णायकहरु सँगको सम्झौता सकिएको तथा उहाहरु बाहिरी काममा व्यस्त हुनु हुने भएकाले निर्णायकहरु परिवर्तन हुने र अबको सिजनमा निर्णायक को हुने भन्ने फाइनल नभएको पौडेलले जानकारी दिएका छन् । ।