सेभिया स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । गेटाफेमाथि १–० को संघर्षपुर्ण जित दर्ता गर्दै सेभिया ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो । सेभियाले घरेलु टोलीविरुद्ध बल पोसेसनमा पकड राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । सोमबार राति गेटाफेलाई १–० गोल अन्तरले पराजित गर्दै सेभिल्याले लगातार दोस्रो जित निकालेको हो । सेभियालाई जित दिलाउन एरिक लामेलाले इन्जुरी समयमा निर्णायक गोल गरे । लामेलाले लगातार दोस्रो खेलमा गोल गरेका हुन् । यस जितसँगै दुई खेलमा ६ अंक जोड्दै सेभिया लिगको शीर्ष स्थानमा उक्लिएको छ ।