स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार आज चीनबाट भेरोसेल खोप ल्याउने भएको छ । सरकारले सरकार–सरकार –(जिटुजी) मार्फत चीनबाट खोप ल्याउन लागेको हो। नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज भेरोसेलको ८ लाख डोज पहिलो खेपमा आज ल्याउदैछ । वाइडबडी ए ३३० जहाजबाट बिहीबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो। यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ।नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आए संगैअहिलेसम्म २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्रा रआठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा को खोप प्रदान गरिएको छ।