चीनमा मुसलधारे वर्षासँगै बाढी, कम्तीमा १२ जनाको मृत्यु
Firefighters rescue a stranded woman on a flooded street, following heavy rainfall in Chengdu, Sichuan province, China July 11, 2018. Picture taken July 11, 2018. Wang Hongqiang/Chengdu Economic Daily via REUTERS
मुसलधारे वर्षासँगै आएको बाढीका कारण चीनको मध्य क्षेत्रको जनजीवन प्रभावित भएको छ ।भीषण वर्षासँगै आएको बाढीका कारण शहरमा कम्तीमा १२ जनाको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् ।बाढीका कारण मुख्य सडकहरू बन्द र उडानहरू रद्द गरिएसँगै एक दर्जनभन्दा बढी सहर प्रभावित भएका छन् ।झन्डै ९ करोड ४० लाख जनसङ्ख्या रहेको ख्ननान प्रान्तले असामान्य रूपमा सक्रिय वर्षा देखिएसँगै मौसमसम्बन्धी कडा चेतावनी जारी गरेको छ।त्यहाँ कति मानिस फसेका छन् भन्ने कुरा हालसम्म थाहा हुन सकेको छैन तर हालसम्म सयौँको उद्धार गरिएको बताइएको छ।जङ्गजाउमा पछिल्ला तीन दिनमा परेको पानीको मात्रा उक्त सहरमा एक वर्षमा पर्ने पानी समान रहेको बताइएको छ।