प्रि–सिजनको हिजो भएको मैत्रीपुर्ण खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले घरेलु मैदानमै बुन्डेसलिगा प्रतिद्धन्द्धी बोरुसिया मोन्चेनग्लाडवाकसँग हार बेहोरेको छ । बुधबार राति भएको खेलमा बायर्नले मोन्चेनग्लाडवाकसँग २–० को हार बेहोरेको हो । प्रि सिजनमा बायर्नको यो दोस्रो हार हो । यसअघि बायर्नले एफसी कोल्नसँग ३–२ को हार बेहोर्दा आयाक्ससँग २–२ गोलको बराबरी खेलेको थियो ।