टोकियो ओलम्पिकबिजेता स्वयंले आफ्नो पदक लगाउनुपर्ने
आगामी जुलाई २३ देखि अगस्ट ८ सम्म बिना दर्शक संचालन हुने टोकियो ओलम्पिकमा पदक विजेता खेलाडी आफैंले पदक लगाउनु पर्ने नियम लगाइएको छ। साथै प्रतियोगितामा हात मिलाउन र अंकमाल गर्न समेत प्रतिबन्ध लगाइएको हिजो सञ्चार माध्यमलाई , अन्तराष्ट्रिय ओलम्पिक कमिटी ‘आईओसी’का अध्यक्ष थोमस बाकले जानकारी दिएका छन् ।