टोकियो ओलम्पिक्समा नेपाली खेलाडीले कुन खेल कहिले खेल्ने ?
टोकियो ओलम्पिक्सको औपचारिक उद्घाटन आज हुदैछ भने नेपाली खेलाडीहरूको खेल भोलिबाट नै सुरु हुनेछ। भोली शनिवार शुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् ।
त्यस्तै भोलि नै जुडोकी सोनिया भट्टले ४८ केजी मुनिको तौल समूहमा खेल्नेछिन् । भट्टको विपक्षी खेलाडी रसियाकी डोल्गोभा इरिना हुन्।
त्यस्तै जुलाई २७ मा पौडीका एलेक्स शाहले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले सोही इभेन्ट्समा खेल्ने तालिका छ।
जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिनेछिन्।
नेपालबाट १२ जना खेलाडीहरूले वाइल्ड कार्डका लागि प्रयास गरेकोमा दुई जनाले मात्र त्यो पाउन सफल भएका थिए।कराँते, भारोत्तोलन, बक्सिङ, आर्चरी र तेक्वान्दोका खेलाडीहरूले वाइल्ड कार्ड पाउन सकेनन्।
त्यस्तै पाराओलिम्पिक्समा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन्। उनीबाट पदकको आशा समेत गरिएको छ।