तालिबानले ४३ सर्वसाधारण र सुरक्षाफौजको गरे गोली हानी हत्या
अफगानिस्तानको गजनी प्रान्तमा तालिबानले ४३ जना सर्वसाधारण र सुरक्षाफौजका सदस्यको हत्या गरेका छन् । उक्त सामूहिक हत्या जुलाईको शुरूतिर गरिएको बताइएको छ । तालिबान लडाकूहरू मालिस्तान जिल्लामा प्रवेश गरेर युद्धअपराधमा सहभागी नरहेका नागरिकलाई पनि मारेको जनाइएको छ । तालिबानले हत्या गरेका पुरुषका पत्नीहरूका अनुसार उनिहरुको पतिहरूलाई सन्तानका अगाडि आँखामा पट्टि लगाइदिएको अनि उक्त क्षेत्रमा रहेको मस्जिद नजिक लगेर गोली हानेको बताएका छन् ।