प्यारालिम्पिकमा दुई खेल जितेर इतिहास रचेकी पलेशा र प्रशिक्षक कविराज नेगी लामालाई नेपाल तेक्वान्दो सङ्घद्वारा आयोजित १० औँ कोरियन एम्बासेडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका समापनका अवसरमा टोकियो प्यारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेको तथा उत्कृष्ट प्रशिक्षण दिएको भन्दै नेपाल तेक्वान्दो सङ्घले नगदसहित उहाहरुलाई मंगलबार सम्मान गरेको छ । पलेशालाई नगद ५० हजार तथा लामालाई १० हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।