दिल्लीमा उपचारपछी पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज स्वदेश फर्किए
एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भारतमा लामो उपचारपछि आज स्वेदेश फर्किएका छन् । आज सोमबार ३ः५० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको एकीकृत समाजवादीका नेता संजिप राईले जानकारी दिएका छन् । त्यहाँ उपचाररत छँदा नेपालमा एमाले विभाजित बनेपछि उनले एकीकृत समाजवादीका पक्षमा आफूलाई उभ्याएका छन् । खनालको स्वागतका लागि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरु विमानस्थल पुगेका थिए । उनले भारतबाटै आफ्नो वारेसनामा निर्वाचन आयोगमा पठाएका थिए ।कोरोना भाइरसको संक्रमण देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका नेता खनालको मिर्गौलामा समेत समस्या देखिएपछि गत असार २ गते नयाँ दिल्ली लगिएको थियो।