नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव नेपाल चयन
नेकपा एमाले फुटेर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन्। आइतवार बसेको संसदीय दलको बैठकले सर्बसम्मत नेपाललाई संसदीय दलको नेता चयन गरेको हो। त्यस्तै राष्ट्रियसभाको संसदीय दलको नेतामा वेदुराम भुसाल चयन भएका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको पहिलो बैठकले संसदीय दलको विधान निर्माण गर्ने जिम्मेवारी पाँच जना नेतालाई दिएको छ। विधान मस्यौदा कमिटीमा भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरू, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी छन्। बैठकले सरकार गठन लगायतका विषयमा पार्टीका तर्फबाट निर्णय लिने एकलौटी अधिकार नेता नेपाललाई प्रत्यायोजन गरेको बताइएको छ ।