जर्मनीले नेपाल सहित कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणबाट प्रभावित मुलुक हरु बेलायत, रुस, पोर्चुगल र भारतबाट आउने पर्यटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ । जर्मनीको राष्ट्रिय रोग नियन्त्रण केन्द्र, द रोबर्ट इन्ष्टिच्युटले नेपालसहित पाँच मुलुकलाई ‘भाइरस भेरियन्ट क्षेत्र’ को सूचीबाट हटाएको हो । यस संगै नेपालसहितका मुलुकबाट कोरोना भाइरसको पूरा मात्रा लगाएकाहरुले जर्मनी पुगेर क्वारेन्टिनमा पनि बस्नुपर्ने छैन ।