गायन रियालिटी शो ‘नेपाल आइडल’को चौँथो संस्करणको डिजिटल अडिसन शुरु भएको छ।भदौ १ गतेदेखि शुरु हुने डिजिटल अडिसन भदौ ३१ गतेसम्म सञ्चालन हुने बताइएको छ। नयाँ संस्करणलाई अघिल्ला सिजनभन्दा सशक्त बनाउन प्रोडक्सन टिमले शुरुमा डिजिटल अडिसनमा जाने बताइएको छ ।शोमा निर्णायकहरु को रहने भन्ने कुरा भने दुई दिनभित्र फाइनल हुने ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले बताए। डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिकले सहभागी हुन पाउने छन्।