पछिल्लो २४ घण्टामा थप ३ हजार ४८१ कोरोना संक्रमित थपिए, ३० को मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ४८१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । १६ हजार ६५६ जनाको कोभिड परीक्षण गर्दा ३४८१ जनामा कोभिड पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा ३० जनाको मृत्यु भएकाे छ । साथै एक हजार ८८५ जना संक्रमणुक्त भएका छन् । देशभर सक्रिय संक्रमित ३८ हजार ३३ जना छन् । त्यसैगरी बुधबार एक लाख ९५ हजार २११ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।