पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटार छाड्दै
मंगलबार सत्ताच्युत भएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज ११ बजे पछि सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट सर्दै छन्। केपी शर्मा ओलीले सरकारी निवास छोड्दै गर्दा उनको स्वागतमा एमाले कार्यकर्ताहरु बालुवाटारस्थित सरकारी निवासमा भेला भइ, ओलीलाई हजारौँ जनताले बालकोटमा भव्य स्वागत गर्ने तथा उनलाई बालुवाटारदेखि बालकोटसम्म दुई हजार गाडी र तीन हजार मोटरसाइकलले सुरक्षा दिएर पुर्याइने समेत बताइएको छ ।