बुधबार देखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन मूल्य बढाएको छ। निगमले गरेको मूल्य वृद्धिसँगै पेट्रोलका लागि उपभोक्ताले प्रति लिटर ११३ रुपैंयाँ तथा डिजेल र मट्टितेललाई ९५ रुपैयाँ तिर्नुपर्नेछ। हवाई इन्धनतर्फ स्वदेशी विमानहरूले भर्ने इन्धनमा पाँच रुपैयाँ तथा अन्तराष्ट्रिय विमानहरूले भर्ने इन्धनमा प्रति हजार लिटर ७५ अमेरीकी डलरले मूल्य बढेको छ।