प्रधानमन्त्री ओलीद्धारा वीर अस्पतालको नवनिर्मित कोभिड-१९ युनिफाइड सर्जिकल भवनको उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान वीर अस्पतालको सर्जिकल भवन को उद्घाटन गर्नु भएको छ । आज महाबौद्धमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्जिकल भवनको उद्घाटन गर्नु भएको हो । उक्त कार्यक्रममा अस्पतालका प्रमुख डा. जागेश्वर गौतमले वीर अस्पताल हाल कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालित रहेको भन्दै नवनिर्मित भवनबाट आधुनिक चिकित्सा प्रणाली अपनाइ जारी महामारी नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास समेत व्यक्त गर्नु भएको छ ।