फुटबलका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा घोषणा
नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । सम्झौता अवधि बाँकी रहँदै नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुलाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।साफ च्याम्पियन्सिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका बेला अलमुताइरीले राजीनामा दिने पर्ने कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।